नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं- नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज दिउँसोका लागि तय गरिएको बैठक सरेको छ ।

आज स्थगित भएको बैठक भोलि जेठ १ गते बस्नेछ । संसदीय दल कार्यसमितिको बैठक भोलि बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले सूचना प्रकाशित गरी जनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.