दल विभाजनलाई लिएर निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादव सर्वोच्चमा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव दल विभाजनको विषयलाई लिएर निर्वाचन आयोगमा रिट दर्ता गराउनु भएको छ ।
निर्वाचन आयोगले निष्कृय रहेको राजनीतिक दल सम्बन्धि ऐनलाई टेकेर कानुन विपरित हुने गरी दल दर्ता गरेको भन्दै सर्वोच्च अदालतमा आज रिट दर्ता गराउनु भएको हो ।
यादवले निर्वाचन आयोगको उक्त कार्य उत्प्रेषणको आदेशले बदरको माग गर्दै नयाँ दल जसपा गठमा सहभागी सांसदहरुको पार्टी त्याग गरेकाले सांसद पद खारेजका लागि परमादेश समेत माग गर्नु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्