प्रधानमन्त्री प्रचण्ड,एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछाने छलफलमा
काठमाडौ- प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछाने छलफलमा जुटनु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समित गठन नभएसम्म सदन चल्न नदिने अडान लिइरहेका वेला सत्तारुढ दलका मुख्य तीन शीर्ष नेताको बैठक बसेको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा जारि बैठक सदनको अवरोध खुलाउने विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।
यसअघि चितवनमा भएको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सदन अवरोध हटाउने विषयमा राजनीतिक दलहरु आजै सहमतिमा पुग्ने बताउनु भएको थियो ।





प्रतिक्रिया राख्नुहोस्