संसद सुचारु गर्ने विषयमा सत्तापक्ष निष्कर्षमा पुग्ने ओलीको भनाइ

काठमाडौँ- संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ।

उहाँहरुबीच संसद सुचारु गराउने र भोलि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम सौहार्दपूर्ण रुपमा प्रस्तुत गर्ने वातावरण बनाउने विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।

कुराकानीमा अध्यक्ष ओलीले सभामुखको चासोको विषयमा सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने जानकारी सभामुखलाई दिनुभएको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.