नवगठित जसपाका मन्त्रीहरुको सपथ

 काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादवलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

राष्ट्रपति भवनमा शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सपथ गराउनु भएको हो ।

यसैगरी राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री हसीना खानलाई पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा यादवलाई मन्त्री र खानलाई राज्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । जनता समाजवादी पार्टी नेपाल विभाजन भएसंगै सो पार्टी सरकारवाट बाहिरिएको छ भने नवगठित जनता समाजवादी पार्टी सरकारमा सहभागी भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.