अडानमा अडिँदै सहमतिको खोजी !

काठमाडौ-  सरकारले आगामी आर्थिक बर्ष २०८१।०८२  नीति तथा कार्यक्रम सदनमा भोलि प्रस्तुत गर्ने कार्यक्रम छ । संसदको बजेट अधिवेशन गत २८ गतेबाट सुरु भएपनि नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनाएसम्म सदन चल्न नदिने अडानका कारण बजेट अधिवेशनको पहिलो बैठक नै अवरोध गर्यो । छानविन समिति गठन नभए सम्म सदन चल्न नदिने बताउँदै आएको छ ।

अहिले सम्म पनि काँग्रेस संसदीय छानविन समिति गठनको अडानमा टसमस भएको छैन । काँग्रेसको यो अडानका बीच सत्तापक्ष दल र प्रतिपक्षी बीच कुनै ठोस सहमति बन्न नसक्दा नीति कार्यक्रम प्रस्तुत हुने भोलि बस्ने सदनको संयुक्त बैठक पनि प्रभावित हुने त होइन आंशका सृजना भएको छ ।

आजै चितवनमा भएको कार्यक्रम प्रधानमन्त्री प्रचण्डले दलहरु बीच सहमति बन्ने र सदनको अवरोध हटने बताउनु भएको थियो । तर साँझ अबेर सम्म पनि प्रतिपक्षी नेपाली काँग्रेससँग यस विषयमा कुनै संवाद सहमति अघि बढन सकेको छैन ।

यसै बीच अप्रहान्न प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछाने छलफलमा जुटनु भयो । उक्त बैठकमा सदन कसरी खुलाउने भन्ने विषयमा छलफल केन्द्रीत भएको बताइपनि सत्ता साझेदार दल बीच मै कुनै ठोस सहमति हुन सकेन ।

सत्ता साझेदार तीन दलको बैठक पछि गृहमन्त्री रवि लामिछानेले संचार कर्मीलाई दिएको अभिव्यक्तिले समिति गठनको विषयमा सत्ता साझेदार दल नै एकमत हुन नसकेको सन्देश दिन्छ ।

त्यसो त सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न सकिने विषयमा सत्तापक्ष सकारात्म रहेको सत्ता पक्षका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् ।  सभामुख देवराज घिमिरे पनि सदन अवरोध खुलाउने विषयमा लगातार छलफलमा रहँदै आउनु भएको छ । शीर्ष नेताहरुसँगको टेलिफोन संवाद र भेटघाटलाई सभामुखले जारी राख्नु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.