नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रेग्मीको निधन

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ ।

नेपाली कांग्रेस स्याङ्जाका पुर्व सभापतिसमेत रहनुभएका रेग्मीको आज बिहान भीरकोट नगरपालिकास्थित आफ्नै निवासमा ७५ वर्षको उमेरमा निधन भएको हो ।
लामो समय शिक्षण पेसामा आवद्ध रेग्मीे पछिल्लो समय जिब्रोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

अन्तिम श्रद्धाञ्जलीकालागि रेग्मीकाे पार्थीव शरिर जिल्लास्थित पार्टी कार्यालय स्याङ्जामा दिउँसाे एक बजेसम्म राखिने पार्टी सचीव दामोदर लम्सालले जानकारी दिनुभयो । वि.सं २०५८ सालमा राष्ट्रिय सभा सदस्य हुनुभएका रेग्मी २०५१ मा स्याङ्जा क्षेत्र नम्बर चारबाट निर्वाचनमा पराजित हुनुभएको थियो ।

रेग्मी तीन कार्यकालसम्म नेपाली कांग्रेस स्याङ्जाको सभापति हुनुहुन्थ्यो । वि.सं २०५८ साल माघ २७ गते माओवादीको गोली लागेर उहाँ घाइतेसमेत हुनुभएको थियो । उहाँको आज नै कालीगण्डकीस्थित राम्दीघाटमा अन्त्येटि गरिने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.