तनहुँको व्यास नगरमा प्लाष्टिक झोला प्रतिवन्ध

तनहुँ- तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रमा प्लाष्टिकको झोलालाई पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । प्लाष्टिकको झोलाको प्रयोगले वातावरणमा नकारात्मक असर पार्ने भएकोले निर्देशिका नै बनाएर व्यास नगरपालिकाको कार्यालयले प्लाष्टिकको झोला विक्रि र प्रयोगमा रोक लगाएको हो ।
व्यास नगरपालिका क्षेत्रको दमौली बजार लगायत साना बजारहरुमा दैनिक करिव १ हजार ५ सय किलोग्राम झोला खपत हुने गरेकोमा पूर्ण रुपमा प्रतिवन्ध पछि प्रदुर्षण न्युनिकरण हुने अपेक्षा गरिएको व्यास नगरपालिकाका वन तथा सरसफाई शाखाका संयोजक रनसिं नेपालीले बताउनुभयो ।
विकल्पको रुपमा अन्य झोलाको प्रयोग गर्न सबै नगरवासीमा आग्रह गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । प्लाष्टिकको झोला मात्र नभई केही समयमा आफूहरुले प्लाष्टिकका प्लेट र चम्चा समेतमा पूर्ण प्रतिवन्ध लगाईने तयारी गरेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । प्लाष्टिकको झोलाको प्रयोगमा पूर्ण प्रतिवन्ध लगाईनु रचनात्मक कार्य भएको व्यास नगरवासीले बताएका छन् ।









प्रतिक्रिया राख्नुहोस्