सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्ने नेकपा एसको निर्णय

काठमाडौँ– सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ ।

सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले नै छानबिन समिति गठनको माग गरेको हो ।
केन्द्रीय कमिटी बैठककाे निर्णय सार्वजनिककालागि आयाेजित पत्रकार सम्मेलन मार्फत्  नेकपा एसले सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत संलग्न भएको कुरा बाहिर आउनु दु:खद भएको उल्लेख गरेको हाे ।

कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भईरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ’ केन्द्रीय कमिटीको बैठकमा निर्णय गरेकाे जनाएकाे हाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.