राष्ट्रिय सभाको आजको बैठक पनि अबरुद्ध

काठमाडौँ- नेपाली काँग्रेसले राष्ट्रिय सभाको बैठक अबरुद्ध गरेको छ ।

सहकारी छानबिनको विषयमा सत्तारुढ दल र प्रमुख विपक्षी दलबीच कुरा नमिलेपछि आजको राष्ट्रिय सभाको बैठकमा काँग्रेसले विरोध जनाएको हो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयलाई लिएरु संसदीय छानवीन समिति बनाउनुपर्ने अडान काँग्रेसको छ। तर सत्तारुढ दलहरुले संसदीय छानवीन समिति बनाउन मानेका छैनन । जसको असर प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा परेको छ।

राष्ट्रिय सभाको बैठक भोलि शुक्रबार दिउँसो १:१५ बजे बस्ने कार्यक्रम छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.