प्रतिनिधि सभाको बैठकको शुरुमै काँग्रेसको अवरोध

काठमाडौँ- नेपाली काँग्रेसले आज पनि प्रतिनिधि सभाको बैठक अबरुद्ध पारेको छ।

प्रतिनिधि सभाको आजको बैठक शुरु हुनासाथ काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानवीन समिति गठन गर्नुपर्ने माग गर्दै संसदको वेल घेराउ गरेको थियो ।

काँग्रेसको नारावाजीको बाबजूत पनि सभामुख देवराज घिमिरेले संसदमा प्राप्त सूचनाहरु पढेर सुनाउनु भएको थियो । तर काँग्रेसको निरन्तरको नाराबाजीले सभामुख थप सूचना सुनाउन रोकिनुपरेको थियो ।

काँग्रेसले सहकारी पीडितलाई न्याय दिलाउन र सहकारी ठगलाई कारबाही गर्नुपर्ने भन्दै नाराबाजी गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.