बागमतीमा संसदीय समितिहरूको नेतृत्व चयनका लागि आज मनोनयन दर्ता, भोली निर्वाचन

मकवानपुर- बागमती प्रदेशमा संसदीय समितिहरूको नेतृत्व चयनका लागि आज मनोनयन दर्ता हुने भएको छ । सबै समितिहरुको मनोनयन दर्ता समय दिउँसो ३ बजेदेखि साझ ५ बजेसम्मलाई निर्धारण गरिएको सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को अनुसूची- ३ बमोजिम समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सम्बन्धित समिति कै अर्का सदस्यको समर्थनमा मनोनयन प्रस्ताव दर्ता गराउने प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिनुभयो ।

बिहीबार प्रकाशन भएको मतदाताको अन्तिम नामावलीमाथि दाबी विरोध, उम्मेदवारमाथिको दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन प्रक्रियाको समय समिति अनुसार फरक-फरक निर्धारण गरिएको गुप्ताले बताउनुभयो ।

सर्वसम्मत रुपमा सभापति चयन गर्ने दलहरुको प्रयास असफल भएपछि नेतृत्व चयन निर्वाचनमार्फत् हुने गरी प्रक्रिया अघि बढेको हो । निर्वाचन कार्यतालिका अनुसार भोली शनिबार मतदान हुनेछ ।

प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति गरी पाँचवटा विषयगत समिति रहेका छन् । सबै समितिहरुको नेतृत्व चयन निर्वाचनमार्फत् नै हुन लागेको हो ।

निर्वाचित समितिका सभापतिहरूको शपथग्रहण कार्यक्रम जेठ ६ गते बिहान १०:३० बजेलाई निर्धारण गरिएको छ । समिति बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.