ट्रक र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत गजुरी बजारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् ।

काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको ना छ ख २९२० नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको  मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा सो दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा करिब बीस वर्षका युवक रहेको र नाम वतन खुल्न सकेको छैन । मोटसाईकलमा सवार  धादिङ गजुरी गाउँपालिका वडा नम्वर १ सुन्दर वस्तिका १५ वर्षीय सुविन वराईली घाइते भहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी मकेन्द्र मिश्रले जानकारी दिनु भएको छ ।

घाईतेको थप उपचारका लागी राजधानी काठमाण्डौ पठाईएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरिक्षक  रविन्द्र श्रोष्ठले जानकारी दिनु भएको छ । मोटरसाइकल चालकको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.