दाङमा बस दुर्घटना हुँदा दश जना घाइते

दाङ- दाङमा बस दुर्घटनामा दश जना यात्रु घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्वरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरिक्षक मल्लका अनुसार घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । घाइते सबै खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।

बेलुकी साढे पाँच बजे तुलसीपुरको बसपार्कबाट काठमाडौंका लागि छुटेको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मल्लले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.