विश्वासको मत लिनु अघि प्रतिपक्षीसँग सहमतिमा पुग्न सत्तारुढ दललाई सभामुखको आग्रह

सभामुखसँगको छलफल सकिएपछि प्रतिपक्षी दलसँगको छलफलमा सत्तारुढ

काठमाडौँ–  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेल प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सदन अवरोध खुलाउने गरी प्रतिपक्षीसँग सहमतिमा पुग्न सत्तारुढ दलका नेताहरुलाई आग्रह गर्नु भएको छ ।

सदनको गतिरोध अन्त्य गर्ने सम्बन्धमा सभामुखघिमिरे आज सत्ता रुढ दलका शीर्ष नेताहरु छलफलमा गर्नु भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र रास्वपा सभापति रवि लामिछाने सहितका सत्तारुढ दलका नेताहरुसँगको बैठकमा सभामुखले सदन अवरोध हटाउन अधिकतम् पहल लिन सत्ता पक्षका शीर्ष नेताहरुलाई आग्रह गर्नु भएको हो ।

”बैठकमा सभामुखले सदन अवरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलसँग सहमतिमा पुग्न सत्ता पक्षका शीर्ष नेताहरुलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सदनको अवरोध खुलाउनुपर्नेमा उहाँको जोड छ । प्रधानमन्त्रीले विश्वासको मत लिने समयमा सदन अवरोध जारी रहेमा त्यसले राम्रो सन्देश नदिने भन्दै प्रतिपक्षीदलसँग छिटै सहमतिमा पुग्न र स नेताहरुलाई उहाँको आग्रह थियो । सभामुखका प्रेस संयोजक शेखर अधिकारीले नेपाल टिभी अनलाइनलाई भन्नुभयो ।

जवाफमा सत्तापक्षका नेताहरुले सदनको अवरोध खुलाउन सहमतिका लागि प्रतिपक्षी दलसँग अधिकतम् पहल गर्ने भन्दै आजै वार्तामा बसेर निश्कर्षमा पुग्ने जवाफ दिनु भएको थियो । जेठ ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदै हुनुहुन्छ ।

सभामुखसँगको छलफल सकिएसँगै अहिले सत्तारुढ र प्रतिपक्षी दल बीचको छलफल बालुवाटारमा सुरु भएको  छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी मुद्दामा छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दैआएको छ ।

सत्तारुढ दलहरुले भने समग्र सहकारीको समस्याका बारेमा समिति गठन गर्नुपर्ने धारणा राख्दै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.