गाजापट्टिमा युद्धपछिको योजना बनाउन नेतान्याहुलाई आफ्नै मन्त्रिको तीव्र दवाव

इजरायली युद्ध मन्त्रिपरिषदका सदस्य बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीको लागि युद्धपछिको योजना नबनाए राजीनामा दिने धम्की दिनुभएको छ ।

मन्त्री गान्ट्जले गाजामा हमास शासनको अन्त्य र बहुराष्ट्रिय नागरिक प्रशासन स्थापनासहित छवटा “रणनीतिक लक्ष्यहरू” प्राप्त गर्ने योजनाको लागि जुन ८ सम्मको समय सीमा दिनुभएको छ ।

राष्ट्रियताको मुद्धालाई केन्द्रमा राखेर गरिने योजनाको पछि आफू रहने अन्यथा कट्टरताको बाटोले सिंगो राष्ट्रलाई रसातलमा लैजाने मन्त्री गान्ट्जले बताउनुभयो ।

मन्त्री गान्ट्जका टिप्पणीहरू युद्ध मन्त्रिपरिषदका अर्का सदस्य रक्षा मन्त्री योभ ग्यालान्टको भनाइपछि सार्वजनिक भएको हो । मन्त्री ग्यालन्टले प्रधानमन्त्री नेतन्याहूलाई गाजामा नागरिक र सैन्य शासन लिने इजरायलको कुनै योजना छैन भनी सार्वजनिक रुपमा घोषणा गर्न आग्रह गर्नुभएको थियो ।

मन्त्रिपरिषदका सदस्यहरुले एकपछि अर्को गर्दै प्रधानमन्त्रीको कदमप्रति प्रश्न उठाएपछि नेतान्याहुको सरकारमा दरार बढ्दै गएको छ । ७ अक्टोबरको आक्रमण पछिका दिनहरूमा युद्ध मन्त्रिपरिषद्को स्थापना भएको थियो ।

आक्रमणमा हमास र अन्य लडाकु समूहहरूले गाजाबाट इजरायलमा प्रवेश गरेपछि लगभग १२ सयजनालाई मारेका थिए । आक्रमणकारीले २५२ जनालाई बन्धक पनि बनाएका थिए ।

यसैबीच इजरायली सेनाले गरेको पछिल्लो कारबाहीमा २८ जना प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली सेनाले जबालिया शरणार्थी शिविरमा गरेको आक्रमणमा परी दर्जनौं व्यक्ति घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.