जीतपुरसिमरामा सार्वजनिक जग्गामा बनेका ३५ अनाधिकृत संरचना भत्काइयो

बारा- जीतपुरसिमरा उपमहानगरपालिकाको सार्वजनिक जग्गामा बनेको अनाधिकृत ३५ घरटहरा स्थानीयको समेत संलग्नतामा हटाउन शुरु गरेको छ । शनिबारबाट हटाउन शुरु गरेको उपमहानगरले बाँकी काम आजपनि हटाउने जनाएको छ ।
उपमहानगरले वडा नं १२ स्थित फत्तेपुर बजारमा रहेको १८ कठा सार्वजनिक जग्गामा बनेका निजी संरचनामा उपमहानगरले डोजर चलाएपछि स्थानीयहरु आफै खाली गर्न तयार भएका हुन् ।

उपमहानगरले साविकको फत्तेपुर गाविस ३ (क) को कित्ता नं. १७ को १८ कठ्ठा जग्गामा अव्यवस्थित र अनधिकृत तरिकाले बनेका ३५ वटा भन्दा बढी घरटहरा, निजी स्कुल लगायतका संरचना भत्काएको हो ।
लामो समयदेखिको विवाद र अदालतमा समेत पुगेर उपमहानगरको पक्षमा फैसला भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा बीच संरचना भत्काउन पुगेको उपमहानगर र वडाको टोलीले बलनै प्रयोग नगरी स्थानीय आफैले भत्काएका हुन् ।
फिल्डबुकमा खाली महल उल्लेख भएको सो जग्गा २०२२ सालको नापीमा हाटबजार भनि जनाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्