कार्यदलले टिओआर नटुंग्याएका कारण प्रतिनिधि सभाको बैठक फेरि सर्यो

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आजै ४:३० बजेसम्मका लागि सरेको छ।
सहकारी ठगी सम्बन्धी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न दलहरुबीच सहमति भएपनि कार्यदलले टिओआर टुंगो लगाउन नसक्दा संसदको बैठक प्रभावित भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कार्यदलभित्र टिओआरको अन्तिम किनारा नलाग्दासम्म बैठक शुरु नगर्न सभामुखलाई आग्रह गरेपछि सभामुखले बैठक फेरि सार्नु भएको हो ।
संसद सचिवालयले सूचना प्रकाशन गरेर बैठक अहिले ४:३० बजे बस्ने जनाएको छ ।
यता, कार्यदलको बैठक पनि जारी छ।
कानून मन्त्रालयमा बसेको कार्यदलको बैठक बिचमा एकपटक स्थगित भएको थियो । पछि नेपाली काँग्रेसका प्रतिनिधिहरु पुन: सहभागि भएपछि बैठक अहिले पनि जारी छ।।






प्रतिक्रिया राख्नुहोस्