मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित आठजना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साविक नारायणपुर-८ को कित्ता नं ९०८ को १५ बिघा जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकामा कित्ताकाट गरी व्यक्तिको नाममा कायम गरेको पाइएको छ ।

सार्वजनिक प्रकृतिको जग्गाबाट कित्ताकाट गरी व्यक्ति विशेषको नाममा कायम गर्ने कार्यमा संलग्न कर्मचारी तथा सो जग्गा आफ्नो नाममा कायम गराउने व्यक्तिलाई कारबाहीको माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख र नायब सुब्बा अग्निबहादुर शाहीविरुद्ध रु २४ करोड छ लाख ६९ हजार बराबरको बिगो दाबी गरेको छ ।

यस्तै, नापी अधिकृत मानबहादुर चन्द, सर्वेक्षक दशरथ मण्डलविरुद्ध पनि समान बिगो दाबी गरेको छ । यसैगरी, जग्गाधनी दर्ता प्रमाणपत्र बनाउने बिन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल, विमलबहादुर रावलविरुद्ध पनि समान बिगो कामय गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.