चालु आब मा रसुवागढी नाका बाट १२ अर्ब बयासी करोड चौबीस लाख बराबरको विद्युतीय सवारी साधनको आयात

रसुवा- चालु आर्थिक बर्षको दश महिनामा चीन बाट रसुवागढी नाका हुदै १२ अर्ब बयासी करोड चौबीस लाख रुपैंया बराबरको विद्युतीय सवारी साधनको आयात भएको रसुवा भंन्सार कार्यालय टिमुरेले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक बर्षको बैसाख मसान्त सम्ममा चार हजार सात सय छ वटा विद्युतीय सवारी साधनको भंन्सार भएको छ ।
जसमा आयात गरिएका विद्युतीय सवारी साधन बाट मात्र चार अर्ब नब्बे करोड चौउन्न लाख रुपैंया राजश्व संकलन गरेको रसुवा भंन्सार कार्यलयका प्रमुख भंन्सार अधिकृत राम प्रसाद पाठकले बताउनुभयो ।
गत आर्थिक बर्ष २०७९।०८० को बैसाख मसान्त एक अर्ब छयतर करोड तीस लाख रुपैंया बराबरको छ सय पचहत्तर वटा विद्युतीय सवारी साधन आयत भएको थियो जसबाट त्रीसठ्ठी करोड उनान असी लाख रुपैंया मात्र राजश्व संकलन भएको कार्यलयले बताएको छ ।
नेपाल भित्रिएका ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । रसुवागढी स्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएका हुन् । यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार इलेक्ट्रिक भ्यान रहेका छन । रसुवागढी नाका हुँदै नेपाल भित्रिएका अन्य सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् । सरकारले पेट्रोलियम गाडीको आयातमा निरुत्साहित र विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीति लिए सँगै विद्युतीय सवारी साधन आयात उल्लेख्य मात्रामा बढेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.