संसदमा विपक्षीलाई बाेल्न नदिनु संसदीय मान्यता विपरित : नेपाली काँग्रेस

नेपाली कांग्रेसले संसदीय मूल्य मान्यता विपरीत नजान सरकारलाई चेतावनी दिएको छ ।
विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि बसेकाे कांग्रेस संसदीय दलको बैठकले सत्ता पक्षमा बहुमतको दम्भ देखिएकाे बैठककले ठहर गरेकाे हाे ।

पार्टीका प्रमुख सचेतक रमेश लेखकले विपक्षीहरूले पटक पटक बोल्न माग गरे पनि सभामुखले समय नदिएको बताउनुभयाे ।

नेपालको संसदीय अभ्यासमा संसद् विपक्षको हुन्छ भन्ने स्थापित मान्यता रहेको भन्दै उनले भने, ‘तर आज सम्माननीय सभामुखले विपक्षी दललाई पनि बोल्न दिनुभएन ।’

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.