आवश्यक परे १०–१२ पटक पनि विश्वासको मत लिन तयार छु : प्रचण्ड
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे १०–१२ पटक पनि विश्वासको मत लिने बताउनु भएको छ ।
चौथो पटक विश्वासको मत लिएपछि प्रतिनिधि सभाबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले गरेको अवरोध र उसका गतिविधिले उसले आउँदो चुनावमा महँगो मुल्य चुकाउनु पर्ने भन्दै आवश्यक परे अझै पनि विश्वसको मत लिने बताउनु भयो ।
प्रधानमन्त्रीले आफुले पाएको विश्वासको मत नेपालमा मात्र नभइ विश्वकै रेकर्ड बनेको भन्दै आवश्यक परे अझै १०–१२ पटक लिन पनि तयार रहेको प्रतिक्रिया दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्