काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पर्सि बुधबार
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक र संसदीय दलको संयुक्त बैठक यही जेठ ९ गते बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।
बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उहाँले बताउनुभयो ।
संसदमा निरन्तर सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानविन समिति गठनको माग गर्दै आएको काँग्रेसले आफ्नो माग अझै पूरा गराउन सकेको छैन ।
काँग्रेसको अबरोधको बाबजुद पनि प्रधानमन्त्रीले आज विश्वासको मत लिएपछि काँग्रेस र सत्तापक्ष बीचको दूरी अझै बढ्दै गएको देखिन्छ ।
प्रतिक्रिया राख्नुहोस्