कर्मचारीमाथिको अपमान महानगरले सहँदैन: बालेन शाह

काठमाडौँ– काठमाडौँ महानागरपालिकाका मेयर बालेन साहले महानगरपालिकाका कुनै पनि कर्मचारीमाथि अपमान महनागरले नसहँने बताउनु भएको छ।

काठमाडौँ महानगरपालिकाको फोहोरको गाडी चलाउने ४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिइ रिहाई पछि उहाँको यस्तो प्रतिक्रिया आएको हो ।

”जो कोहीले यत्ति बुझ्नुहोला – पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ ।अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन ।बुझेर कदम चाल्नुहोला । मेयर साहले फेसबुक लेख्नु भएको  छ।

मेयर शाहले काठमाडौँ महानगरमा फोहोर बोक्ने ४ चालकलाई  नियन्त्रणमा लिएकोमा कडा असन्तुष्टि सार्वजनिक समेत गर्नु भएको थियो ।

चालक रिहाको माग गर्दै  उहाँले जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिनुभएको थियो ।

”भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौँमा फोहोर बोक्ने ४ चालकलाई समाउनु भएछ यो सरकारले ।जब सम्म स-सम्मान चालकहरु रिहा हुन्नन सिँहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर उठ्दैन ।को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन!” मेयर शाहले लेख्नु भएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.