सिंगापुर एयरलाइन्सको विमान आकस्मिक अवतरण, एकको मृत्यु, ३० जना घाइते

काठमाडौं- सिंगापुर एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विमान उडानका क्रममा गम्भीर अस्थिरता आएपछि एक जना यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुने ७३ वर्षीय बेलायती नागरिक रहेको बताइएको छ । विमानमा सवार अन्य ३० जना घाइते भएका छन् । ती मध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

लण्डनबाट सिंगापुरका लागि उडेको विमानमा अचानक समस्या आएपछि विमानलाई बैंककमा आकस्मिक अवतरण गराइएको थियो । स्थानीय समय अनुसार दिउसो ३. ४५ बजे आकस्मिक अवतरण गराइएको थियो ।

सिङ्गापुर एयरलाइन्सले विमानले लन्डनको हिथ्रो विमानस्थलबाट उडान भरेको र मार्गमा गम्भीर अशान्तिको सामना गर्नुपरेको बताएको छ । विमानमा कूल २ सय ११ यात्रु र चालक दलका १८ सदस्य सवार रहेका थिए ।

एयरलाइन्सले यात्रु र चालक दलका सदस्यले विमानमा गडबढी आएर भोग्नु परेको समस्या प्रति विज्ञप्ति मार्फत् माफी मागेको छ । विमान अन्डमान सागरमाथि पाँच मिनेटमा १ हजार ८ सय मिटरदेखि तल झरेको उडान ट्र्याकिङ डाटाबाट पत्ता लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.