बुद्ध जयन्ती एवं लुम्बिनी दिवस तीन दिनसम्म मनाइने

बुटवल- २५ सय ६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस तीन दिनसम्म धुमधामसहित मनाइने भएको छ ।
भोलि जेठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा ‘२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस’ विशेष समारोह हुदैँछ ।

तीनदिने बुद्ध जयन्तीको पूर्व सन्ध्यामा आज सांस्कृतिक कार्यक्रम, साँझदेखि मायादेवी परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ ।
मूल समारोहका दिन भोलि जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षुभिक्षुणीहरूको सहभागितामा प्रार्थना सभा र शोभायात्रा हुनेछ । नेपाल, भारत र श्रीलंकासम्म पुग्नेगरी त्रिदेशीय मोटरसाइकल यात्रासमेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो ।
वृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तिधातु रहेको रामग्राममा पण्डितपुरदेखि रामग्रामसम्म तथा प्राचीन तिलौराकोट दरबारमा र देवदहमा पनि अस्तु यात्रा हुनेछ ।
कोषले भगवान बुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित वृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरूलाई बुद्ध जयन्तीका अवसरमा दीप प्रज्वलन गर्न लुम्बिनी विकास कोषले आग्रह गरेको छ।
कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्ध जयन्ती बौद्ध सम्प्रदायको मात्रै नभई सबैको साझा उत्सव भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.