कान्तिपुरका अध्यक्ष सिरोहियालाई हिरासतमा लिएर अनुसन्धान गर्न तीन दिन म्याद थप

काठमाडाै‌- जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिनको म्याद थप अनुमति दिएको छ ।

अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो । नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले उक्त आदेश दिएको हो ।

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थिए । सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेर धनुषा लगेकाे हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.