सिरोहियालाई पक्राउ गरेको सुन्दा अचम्भित: अध्यक्ष नेपाल

सप्तरी- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको सुन्दा अचम्भित भएको बताउनु भएको छ ।

बुधबार सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ स्थित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पुग्नुभएका अध्यक्ष नेपालले संचारकर्मीहरुसँग सक्षिप्त कुरा गर्दै यस्तो बताउनु भएको हो ।

अध्यक्ष नेपालले भन्नुभयो- ‘कैलाश सिरोहिया जनकपुरको बासिन्दा हो, भनेर सबैलाई थाहा भएकै हो । सारा परिवारको बसोबास जनकपुरधमा नै छ । कैलाश सिरोहियालाई नेपालको नागरिक हो होइन भन्ने कुरामा गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय कुरा हो,’ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.