दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ- दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला रोल्पा गंगादेब गाउँपालिका-६ ताप्ला बजार बस्ने बर्ष ५४ का बिर बहादुर खड्का रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ ।

बुधबार दिउसो करिब पौने २ बजेको समयमा लमही नगरपालिका-१ नर्ती चोकमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको रा ३ प ८२४५ नम्बरको मोटर साइकल एक आपसमा ठोक्किएका थिए ।

लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल चालक जिल्ला रुपन्देही गैडहवा गाउँपालेका -७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको बायाँ कुम र कम्मरमा भित्री चोट लागेको तथा उनको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

रा ३ प ८२४५ नम्बरको मोटर साइकलमा सवार सोहि ठाउँ बस्ने वर्ष ५७ का कमानसिंह खत्रीको वाँया हात, नाक, कम्मर र दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । दुर्घटना कसरी भयो भन्नेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.