बेल्जियमका नेपाली व्यवसायीले नेपाली फुड फेस्टिबल गर्दै

काठमाडौ – नेपाली व्यवसायी संघ बेल्जियमले मे महिनाको २५ तारिखमा बेल्जियममा नेपाली फुड फेस्टिबल गर्ने भएको छ। संघले आज पत्रकार सम्मेलन गरि कार्यक्रमवारे जानकारी गराएको हो।

कार्यक्रम संयोजक एबम संघका उपाध्यक्ष कासी दनैले  प्रत्येक  दुई बर्षमा हुने फुड फेस्टिबलको तेश्रो संस्करणको लुभेन नगरपालिका प्रमुख मोहमद रुद्वानीले उद्घाटन गर्ने जानकारी दिनुभयो।

करिब दस हजार ब्यक्तिहरुको सहभागिता हुने यस नेपाली खाना महोत्सवमा स्थानीय नगरपालिका र नेपाली राजदुताबास बेल्जियमको बिशेष सहयोग र सहभागिता रहेको छ । फेस्टिबलमा बेल्जियममा कार्यरत बिभिन्न देशका गरी करीब १५ देशका राजदूत, युरोपियन युनियनका बिशिष्ठ पदाधिकारीहरु, युरोपियन पार्लियामेन्टका सांसदहरु, बेल्जियम सरकारका बिशिष्ठ ब्यक्तिहरु, र बेल्जियम नागरिकहरु र नेपाललाई माया गर्ने युरोपियन नागरिकहरु सहभागि हुनेछन ।

फेस्टिबलमा १४ वटा स्टलबाट हिमाल पहाड र तराईमा खाइने १० थरी नेपालीहरु खाना, दुई वटा नेपाली हस्तकलाका सामाग्री बितरण गरिनेछ ४ जना स्वयमसेबकले नेपाली खानाको बारेमा पहुनाहरुलाई खाइरहेको ठाउमा गएर बर्णन गर्नेछन ।

नेपाली खाना र स्वादको गुणस्तर कन्ट्रोल गर्न स्वयमसेबक परिचालन गरिनेछ। दिनभरिमा सय बढी नेपाली बालबालिकाहरुले नेपाली नृत्य तथा, गीत प्रस्तुत गर्नेछन । नेपाली कलासंस्क्रिती झल्कने झांकी , नेपाली पोशाकको प्रदर्शनी हुनेछ । नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उदेश्यले एक जना बेल्जियम नागरिकलाई भाग्य चिठ्ठा मार्फत नेपालको होटेल बूकिङ र हवाई टिकट प्रदान गरिनेछ । नेपाली फुड फेस्टिबलको बेल्जियमका स्थानीय पत्रपत्रीका, रेडियो र टेलिभिजन र सामाजिक संजालबाट प्रचार प्रसार गरिएकोछ ।

फेस्टिबल हुने स्थानमा डिजिटल पर्दामा नेपालको प्राकृतिक सुन्दरता झल्कने श्रब्य दृश्य सामाग्री देखाइनेछ । फुड फेस्टिबलको लागि करिब ३० हजार युरो (नेपाली रुपैयाँ  ४४ लाखको) बजेट ब्यबस्था गरिएकोछ । नेपाली व्यवसायी संघ बेल्जियमले नेपाली खानालाई बेल्जियम र युरोपमा परिचित गराउदै सो मार्फत नेपाललाई चिनाउने, नेपाली समुदाय र बेल्जियम नागरिकविच भाईइचारा बढाउने , नेपालमा पर्यटन प्रबर्धन र आर्थिक बिकासमा योगदान पुर्याउने तथा यहाँ हुर्कदै गरेको नेपाली दोश्रो पुस्तालाई सहभागि गराएर नेपाल प्रतिको लगाब बढाउने, नेपाली ब्यबसायिहरुलाई बेल्जियममा स्थापित गराउन मद्दत् पुग्ने विश्वाश गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले बेल्जियममा कृयाशिल नेपाली ब्यबासयीहरु र नेबाब बेल्जियमले गरी रहेका गतिबिधिको बारेमा बताउनुभयो । संघका अध्यक्ष चिरन कुमार खवासले कार्यक्रमका बारेमा पत्रकारहरुले राखेका जिज्ञाशाको जबाफ दिनुभएको थियो।  कार्यक्रमको संचालन महासचिब जगदिश सापकोटाले गर्नुभएको थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.