कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने

नेपाली कांग्रेसले सहकारी वचतकर्ताको रकम फिर्ता गराउन र संसदीय छनविन समिति गठन गरी छानविनबाट देखिएका दोषी उपर कारवाहीको माग गर्दै वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कांगेस केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले काठमाण्डौँ जिल्ला कार्य समितिको आयोजनामा जेठ १३ गते आइतबार काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले वताउनु भयो ।

कांग्रेसले सहकारी पीडितको रकम फिर्ता गराउनको लागि सदन मात्रै नभइ अब सडकमा पनि उत्रने निर्णय गर्नु परेको प्रवक्ता डा महतको भनाइ छ ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर गर्दै प्रदर्शनमा उत्रने निर्णय गरेको हो ।

कानुनी राज्यका मर्यादा विपरीत सरकार चलेको र सभामुखले संसदमा संसदको गरिमा र पद्दति विपरित प्रमुख प्रतिपक्षको मागको वेवास्था गर्दै अगाडि बढेकोप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको कांगेसले जनाएको छ । यसैगरी, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेर सरकारले मिडियालाई त्रासमा राख्न खोजेको पनि कांग्रेसको ठहर छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.