बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यकः उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरामा जोड दिनुभएको हो । उहाँले आजकै दिन स्वाँया पुन्हिः, उँभौली पर्व, चण्डीपूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीहरुलाई पनि हार्दिक शुभकामनासमेत दिनुभएको छ ।

बौद्ध धर्मको मध्यममार्गले विश्वमा शान्ति र भाइचारा बढाउने मान्यता राख्नेहरुमा अन्य धर्मका मानिस पनि उत्तिकै भएको उहाँको भनाइ छ । “सिङ्गो मानव जातिका लागि गौतमबुद्धका वाणी, त्याग, तपस्या र सङ्घर्ष सर्व–धर्म र सर्व–सम्प्रदायमा मूलसूत्रका रुपमा व्याप्त छन् । सत्ता र वैभव समस्या समाधानका लागि पूर्ण हुने धेरैको भ्रमलाई चिर्न भगवान बुद्ध सफल हुनुभएको एउटा सत्य र यथार्थ पनि हो”, सन्देशमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.