गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश

काठमाडौँ- सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गर्नुभएको रिट निवेदन दरपीठ गर्ने आदेश खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो ।

अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.