पाल्पामा पौडी खेल्दा डुबेर एक किशोरको मृत्यु
पाल्पा- पाल्पामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक किशोरको ज्यान गएको छ । बुधबार बेलुका पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा स्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा रुपन्देही हिलपार्कका १७ वर्षीय राजिव लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।
चार जना साथीहरु मिलेर खोलामा पौडी खेल्न गएकामध्ये राजिवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । सूचना अधिकारी श्रेष्ठका अनुसार पौडी खेलीरहेका चार जनामध्ये राजिव बेपत्ता भएका थिए ।
खोलामा बेपत्ता भएसँगै प्रहरीलाई खबर गरिएको थियो। झन्डै तीन घण्टा खोजी कार्य गर्दा उनको शव फेला परेको प्रहरीको भनाई छ । अन्य तीन जनालाई सकुशल उद्दार गरी घटनाबारे थप अनुसन्धान जारी रहेकोे प्रहरीको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्