महिला मात्रैले ताने रातो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)

ललितपुर- रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत आज बिहान महिलाले मात्रै रथ तानेका छन् । रथयात्राको एक दिन महिलालाई मात्र रथ तान्न दिने परम्परा अनुसार नरिवल खसाल्ने जात्राको भोलिपल्ट आज बिहानै ललितपुरको थटीटोलमा ‘याक: मिसाया भुज्या’ अर्थात एकल महिला जात्रा अन्तर्गत विधिवत् रुपमा महिलाहरुले रथ तानेका हुन् ।

रातो मच्छिन्द्रनाथसँगै मिननाथको रथलाई पनि महिलाहरुले लगनखेलबाट थटीटोल चौबाटोसम्म तानेर पुर्‍याएका छन् । गत बैशाख २९ गते पूल्चोकबाट सुरु भएको रथयात्रा गा: बहाल सुन्धारा हुँदै लगनखेल पुर्‍याएपछि करिब १ सय मिटर तानेर थटीटोलसम्म महिलाहरुले रथ तानेर यो जात्रा मनाउने गरिन्छ । जात्रामा सबैको सहभागिता होस् र महिला र पुरुषमा कुनै पनि भेदभाव हुनुहुँदैन भन्ने मान्यताका साथ महिलाहरुले रथ तान्ने गर्दछन् ।

परापूर्वकालमा मच्छिन्द्रनाथको रथलाई पाटन परिक्रमा गराउने क्रममा थटिटोलमा पुग्दा रथ हराएको र एक जना महिलासँग रहेको भन्ने थाहा भएपछि उनलाई पुजा गरेर फर्काएको स्मरणमा आजको जात्रालाई (याक मिसा भुज्या ) एकजना महिलाको जात्रा भन्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.