संसदीय छानविन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक सिंहदरवारमा

काठमाडौँ- सहकारी ठगी  सम्बन्धि प्रकरणमा संसदीय छानविन समिति बनाउने र त्यसको लागि कार्यादेश तय गर्ने भन्दै बनेको कार्यदलको बैठक अहिले सिंहदरवारमा सुरु भएको छ।

संसदीय छानबिन समितिका लागि टिओआर टुंगो लगाउन कानून मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको थियो । सो कार्यदलको बैठक अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको छ । आजको बैठकमा मन्त्री गिरी, नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल सहभागी हुनुहुन्छ ।

कार्यदलले यसअघि पनि पटक पटक बैठक बसेर संसदीय छानविन समितिको कार्यादेश बनाउन लागे पनि दलहरुबीचको विवादका कारण निचोड निस्कन सकेको थिएन ।

कार्यदलमा रहेका सत्ता पक्षका सदस्यहरुले कार्यादेशमा सर्वसाधारणको रकम अपचलन गर्ने सहकारी र स्वयं गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा किटान गर्न अस्वीकार गरेपछि कार्यदलको बैठक निष्कर्षविहिन बनेको थियो ।

संसदीय समिति नबनेपछि संसदमा नेपाली काँग्रेसले अबरोध कायम राखेको थियो भने सरकारले काँग्रेसको विरोधको बाबजुद पनि संसदलाई अगाडि बढाएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.