गुल्मीको उनाएचौरमा १३२ केभिएको विद्युत सव स्टेशन निर्माण अन्तिम चरणमा

गुल्मी- गुल्मीमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्न उनाएचौरमा सव स्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ उनायचौरमा १३२ केभीए लाइनको सवस्टेशन निर्माणकार्य अन्तिम चरणमा पुगेको हो ।

सव स्टेशनसम्म आवश्यक पर्ने सम्पूर्ण निर्माणका काम सकेर अहिले ट्रान्सफर्मर चार्ज गर्ने कार्य भइरहेको उनाएचौर सव स्टेशनका स्टोर प्रमुख नारायण थापाले बताउनुभयो । जेठ महिनाभर चार्ज गर्ने काम लगायत सकेर विद्युत वितरण गर्ने तयारी भइरहेको थापाले बताउनुभयो ।

अहिले यहाँका भिविन्न यन्त्र उपकरणहरुको चार्ज गर्ने काम भइरहेको छ उहाँले भन्नुभयो, ‘जेठको अन्तिमसम्म विद्युत वितरण गर्ने तयारी छ ।’ यहाँबाट विद्युत विस्तर गरेसँगै अहिलेका धेरै समस्याहरु समाधान गर्ने स्टोर प्रमुख थापाले बताउनुभयो ।

यन्त्र उपकारण लगायतका चेक जाँच गर्न भारतबाट प्राविधिक टोलीले काम गरिरहेको छ । छिन–छिनमा विद्युत आउने जाने समस्या झेल्दै आइरहेका गुल्मी वासीको समस्या समाधान गर्न १३२ केभिए लाइनको बिस्तार गर्न सव स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

हाल जिल्लामा बुटवलबाट ३३ केभिएमार्फत आइरहेको विद्युत विभिन्न कारणले छिनछिनमा आउने जाने समस्या हुने गरेको छ । पहाडी क्षेत्रमा वितरण गरिएको विद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले १३२ केभीए बिस्तार गरिएको छ ।

केन्द्रीय प्रसारण लाइनको विद्युत गुल्मीमा जोडिएपनि लामो दुरीमा बुटवलमा रहेको सव स्टेशनले गर्दा विभिन्न समस्याहरु देखा पर्दै गएकाले छुट्टै सव स्टेशन निर्माण थालिएको हो । नेपाल विद्युत प्राधिकरणको ४५ करोड लागतमा विद्युत सव स्टेशन निर्माण सुरु भएको हो ।

सव स्टेशनको सिग्माकन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले निर्माणको जिम्मा लिएको थियो । केन्द्रिय प्रशारण लाइनको पहुँच पुर्‍याउनका लागि सव स्टेशन निर्माण भएको हो ।

कपिलवस्तुको मोतिपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म पुग्नेछ । अहिले १३२ केभिए मार्फत अर्घाखाँचीमा विद्युत वितरण भइरहेको छ ।

गुल्मीको उनाएचौरसँगै पौदी अमराईमा पनि सव स्टेशन निर्माणको काम तीब्र गतिमा भइरहेको छ । उनाएचौरबाट पौदीअमराईसम्म विद्युतका टावर निर्माण कार्य सकेर लाइन बिस्तारको काम भइरहेको थापाले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणले अर्घाखाँची गुल्मी र बाग्लुङ जिल्लामा विद्युतलाई भरपर्दो तरिकाले विस्तार गर्न विभिन्न ठाउँमा सव स्टेशन निर्माणको काम गरेको हो । सव–स्टेशनले विद्युतिय ओभर लोडलाई कम गर्न मद्दत गर्ने काम गर्नेछ ।

अर्को गुल्मीमा बुटवलमा रहेको सव स्टेशनबाट लामो दुरीमा विद्युत आउँदा विभिन्न समस्या हुने कामको अत्य उनाएचौरको सव स्टेशनले गर्नेछ । जिल्लामा सव स्टेशन बन्नु सुखद पक्ष रहेको स्थानीय व्यवसायी जनक पन्थले बताउनुभयो । उहाँले अहिले लामो दुरिमा विद्युत वितरण हुँदा हुने समस्याको पनि अन्त्य हुने बताउनुभयो ।

छिन छिनमा बत्तीजाने समस्याबाट आजित भएका गुल्मेलीहरुमा विद्युत सव स्टेशनको काम पुरा भएसँगै समस्याको हल हुने स्थानीयको आशा गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.