बागमतीमा नयाँ बजेटबारे छलफलः थपलियालाई पूर्वअर्थमन्त्रीहरुले दिए यस्तो सुझाव

मकवानपुर- बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आ.ब २०८१/०८२ को बजेट सम्बन्धमा संघीय पूर्व अर्थमन्त्रीदेखि पूर्व प्रदेश आर्थिक मामिला मन्त्रिका साथै पूर्व रास्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुसँग छलफल गर्नु भएको छ ।

छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सातै प्रदेशमा बिकासमा एकरुपता ल्याउनु पर्ने बताउँदै बिकासका आयाम स्थापित गर्न स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रको पूर्वाधार बिकासमा लगानी गर्नुका साथै लैंगिक असमानताको अन्त्य गर्नुपर्ने बताउनु भयो । पूर्व मन्त्री खतिवडाले प्रदेश सरकारलाई जलबिधुत क्षेत्रमा लगानी बढाउन युवा, नव प्रवर्धन र कृषि क्षेत्रमा लगानी गर्नुका साथै बायोग्यास र गोबरग्यास उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाब दिनु भएको छ । प्राबिधिक शिक्षामा लगानी बढाउनु पर्ने बताउँदै उहाँले संघीय र प्रदेश सरकारको बजेट शिर्षक दोहोरिन नहुने बताउनु भयो ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्रोतको अवस्था हेरेर बजेट बनाउनु पर्ने बताउँदै उत्पादनको क्षेत्रमा मात्र लगानी गर्न सुझाब दिनुभयो । पाण्डेले स्थानीयको मागअनुसार ३० प्रतिशत खर्च गरेर बाँकी ७० प्रतिशत संसदबाट पारित गरि रणनितिक योजना बनाउन सुझाब दिनुभएको छ ।

बागमती प्रदेशका आर्थिक योजना तथा योजना मन्त्री जगन्नाथ थपलियाले भौगोलिकता हेरेर सन्तुलित र परिणाममुखी बजेट बनाउने बताउनुभयो । बजेट सम्बन्धमा पुर्ब रास्ट्रिय योजनाका उपाध्यक्ष डा खिमलाल देबकोटा, बागमती प्रदेशका पुर्ब आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, बहादुर सिङ लामालगायत रास्ट्रिय योजना आयोगका उपाध्यक्ष डा नर बिक्रम राणा लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.