सदन अवरोध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौँ- सदनको अवरोध हटाउने लगायत समसामयिक विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरु बैठकमा बस्नु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी  बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।
बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.