अष्ट्रेलियाको सहयोगमा केयूमा प्राज्ञिक क्षमता अभिवृद्धि कार्यक्रम

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको भाषा तथा आम-संचार विभाग (Department of Languages and Mass Communication) ले यही मेई १८ देखि मेई २५ सम्म प्रभावकारी अन्तराष्ट्रिय शैक्षिक आदान-प्रदान कार्यक्रम  सम्पन्न गरेको छ।

यो कार्यक्रम विश्वविद्यालयमा कार्यरत अंग्रेजी विषयका सह-प्राध्यापक डा. काशिराज पाण्डेको संयोजनमा भएको हो ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासको सहयोगमा तथा अस्ट्रेलियाबाट विभिन्न विषयमा विज्ञता हासिल गरेर नेपाल फर्केका अलम्नाइ संस्था, ANAA सँगको सहकार्यमा भएको यस कार्यक्रमा कर्टिन विश्वविद्यालय, अस्ट्रेलियाबाट आउनुभएका डा. केटलिन मालिङ र डा. पेर हेनिंग्सगार्डले शिर्जनशील (कविता) तथा शैक्षिक (अनुसन्धान) लेखन लगायतका विभिन्न विषयमा प्रस्तुतीहरु दिनुभएको थियो ।

उहाँहरुको एक हप्ताको नेपाल बसाइमा विश्वविद्यालयमा पिएचडी गर्दै गरेका विद्यार्थीहरुहरूसँग उनीहरुको प्राज्ञिक लेखनमा छलफल भएको थियो भने जर्नल लेखन र यसका लागि लेखिएका लेखहरु सम्पादन, अंग्रेजी विषयको पाठ्यक्रम समिक्षा लगायत सांस्कृतिक र आपसी सद्भाव आदान-प्रदानका कार्यक्रमहरु पनि समावेश भएका थिए ।जसले अस्ट्रेलियाली र नेपाली शैक्षिक समुदाय बीचको बहसलाई अझ अगाडि बढाइदिएको कार्यक्रमका संयोजक डा पाण्डेले बताउनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.