तीन दलका शीर्ष नेताहरुको बैठक निश्कर्ष विहीन

काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बिना निश्कर्ष सकिएको छ ।

सदनको गतिरोध हटाउने विषयसँग सम्बन्धित सहकारी ठगी प्रकरणमा गठन हुने संसदीय छानविन समितिको टीओआरमा सहमति खोज्न बसेको बैठक कुनै ठोस नपुगी सकिएको हो ।

बैठकमा काँग्रेस नेताहरुले संसदमा गृहमन्त्रीले दिएको अभिव्यक्ति, संचार उद्यमी कैलाश सिरोहिया पक्राउ लगायतका विषयमा सत्तापक्षको धारणा माग गरेका थिए ।

बैठकमा कुनै सहमति जुटन नसेकपनि बैठक सकारात्म रहेको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले  पत्रकारलाई जानकारी दिनुभयो ।

बैठकबाट प्रतिपक्षी दलका नेताहरु पक्षका नेताहरु बाहिरिएपछि  सत्ता रुढ दलहरु बीच छलफल भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.