गोरु हत्या अभियोगमा दुई पक्राउ

पाल्पा- पूर्वी पाल्पाको रामपुरमा गोरु हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोेदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूर्वखोला गाउँपालिका –१ का ३८ वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
गत मंगलबार रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई उनीहरुले कोदालो प्रहार गरि हत्या गरेका थिए ।

गोरु हत्या गरेको जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । ति व्यक्तिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.