मनास्लु संरक्षण क्षेत्र प्रवेश शुल्कबाट २ करोड ५० लाख राजस्व संकलन

गाेरखा- उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोड भन्दाबढी राजस्व संकलन भएको छ ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाले चालु आर्थिक बर्ष २०८०-०८१ को साउनदेखि चैत महिनासम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्क बापत रु २ करोड ५० लाख ५८ हजार रुपैया राजस्व संकलन गरेको हो । साउनदेखि चैतसम्म रु १ लाख ५२ हजार रुपैया राजस्व संकलन भएको एमक्याप गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्र भित्रका पर्यटकसंग कार्यालयले प्रतिव्यक्ति एकहजार रुपैया प्रवेश शुल्क लिदैँ आएको छ । सार्क राष्ट्र भित्रका १ सय ५२ जना विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए । सार्कवाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधीमा रु २ करोड ४९ लाख ६ हजार रुपैया प्रवेश शुल्कबाट राजस्व संकलन भएको उहाँले बताउनुभयो ।

यसबर्ष मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको संख्या बढेकाले कार्यालयले ९ महिनाको अवधिमा नै गत आर्थिक बर्षमाभन्दा धेरैबढी राजस्व संकलन गरिसकेको छ । सोही अवधीमा सार्कवाहेक अन्य देशका ८ हजार ३ सय २ जना विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्याङ्क रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.