संसदीय छानबिन समितिको टीओआरमा सहमति खोज्दै कार्यदल

काठमाडौँ- सहकारीको ठगी प्रकरणमा गठन हुने संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंग्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरवारमा जारी बैठकमा नेपाली काँग्रेसले प्रस्ताव गरेको नयाँ विकल्पका बारेमा छलफल भएको बताइएको छ ।

संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम नराखे  गोर्खा मिडिया नेटवर्क र उसले ऋण लिएका  सूर्यदर्शन, सुप्रीम लगायतका सहकारीको नाम राखेर ति सहकारीहरुमाथिको छानबिनलाई समितिको क्षेत्राधिकर भित्र पार्नु पर्ने प्रस्ताव काँग्रेसले  गरेको छ  ।

कार्यदल तहमा भएको छलफलको निष्कर्ष सहित हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीनदलका नेताहरुको बैठक पनि बसेको थियो ।

कार्यदलको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत संलग्न भएको भनिएका सहकारीको छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ ।

गृहमन्त्री संलग्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा समेत रकम गएका कारण त्यसलाई समेत समावेश गर्नुपर्ने माग नेपाली कांग्रेसको रहेको छ ।

तर सत्तारुढ दलहरुले भने व्यक्तिको नाम उल्लेख नगरी संसदीय समितिको कार्यादेश बनाउनु पर्ने बताउँदै आएका छन् ।

कार्यदल बैठकमा नेपाली कांग्रेस आफ्नो अडानमा केहि लचिलो भएकोले वार्ता सकारात्मक भएको र नतिजा उन्मुख भएको प्रतिक्रिया नेताहरुले दिएका थिए । कार्यदल कानूनमन्त्रीको सयोजकत्वमा गठित गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.