सहमतिमा पुग्न सकेन कार्यदल,शीर्ष तहमा सहमति खोजिने

काठमाडौँ- सहकारी ठगी प्रकरणका सम्बन्धमा गठन गरिने संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल गर्नकालागि गठित कार्यदलको बैठकले कार्यादेश टुङ्गो लगाउन सकेन ।

आज कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्दलको बैठक सहमतिको नजिक पुगेको वताए पनि टुङ्गो लागि नसकेको कार्यदलका संयोजक एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरिले जानकारी दिनु भयो ।

बैठक सकेर हालसम्म भएको भएको प्रगति शिर्ष नेतृत्व सहितको बैठकको लागि कार्यदलका सदस्यहरु बालुवाटार जानु भएको छ । छलफलमा भएको अन्तिम निष्कर्षहरु शिर्ष नेतृत्व समक्ष राख्ने र शिर्ष नेतृत्व सहितको बैठकले सहमतिलाई अन्तिमरुप दिने कानुन मन्त्री गिरिले वताउनु भयो ।

आजको बैठकमा हिजो सम्म कम्पनिको नाम राख्न नमिल्ने अडान लिएको सत्तपक्षले कम्पनिको नाम राख्न सहमत भएको तर प्रतिपक्षले कम्पनिका जिम्मेवार व्यक्ति तथा पद उल्लेख गर्नु पर्ने अडान राखेकाले सहमति हुन नसकेको पनि कानुन मन्त्री गिरिले जानकरी दिनु भयो ।

छानवीन समिति गठन गर्ने विषयलाई लिएर लगातार संसद अवरु्दध भइरहेपछि सहमतिका लागि कार्यदल तहमा केहि दिन यता नियमति जस्तै बैठक बसिरहेको छ । कार्यदल तहमा भएको छलफलको निष्कर्ष सहित हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीनदलका नेताहरुको बैठक पनि बसेको थियो ।

कार्यदलको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत संलग्न भएको भनिएका सहकारीको छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ । गृहमन्त्री संलग्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा समेत रकम गएका कारण त्यसलाई समेत समावेश गर्नुपर्ने माग नेपाली कांग्रेसको रहेको छ ।

तर सत्तारुढ दलहरुले भने व्यक्तिको नाम उल्लेख नगरी संसदीय समितिको कार्यादेश बनाउनु पर्ने बताउँदै आएका छन् । कार्यदल बैठकमा नेपाली कांग्रेस आफ्नो अडानमा केहि लचिलो भएकोले वार्ता सकारात्मक भएको र नतिजा उन्मुख भएको प्रतिक्रिया नेताहरुले दिएका थिए । कार्यदल कानूनमन्त्रीको सयोजकत्वमा गठित गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.