कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेताहरुको बैठक आज बस्दै

काठमाडौँ- सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज बैठक बस्ने भएको छ । शनिबारको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आज बस्ने तय भएको हो ।

कार्यादेशमा टुङ्गो लाग्न नसकेपछि बैठक पुनः आजका लागि तय गरिएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । हिजो शनिवार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी हुनुहुन्थ्यो ।

सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुङ्गोमा पुर्‍याउने बाँकी काम शीर्ष नेताबीचको बैठकले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.