नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो अपडेटः स्काभेटर चालकको मृत्यु

चितवन- नारायणगढ-मुग्लिन सडक अन्तर्गतको तीन नम्बर पुलमा चट्टानी पहाड कटानको काम गरिरहँदा माथीबाट पहिरो खसेर लाग्दा एक जनाको ज्यान गएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ अन्तरगत ३ नम्बर पुल निर्माणको काम भइरहेको अवस्थामा बा २ क ८६५१ नम्बरको ब्रेकरमा माथिबाट ढुङ्गा सहितको पहिरो खसेर लागेको थियो ।

पहिरोको कारण ब्रेकर पुर्णरुपमा क्षति भएको छ भने मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत क्षती पुर्‍याएको चितवन प्रहरीले जनाएको छ ।

पहिरोले बर्दियाका अन्दाजी ३५ वर्षिय मंगल चौधरीलाई स्काभेटरमा च्यापिएको अवस्थमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी भरतपुर अस्पताल पठाइएको थियो ।

अस्पतालमा चिकित्सकले घाइते चौधरीलाई मृत घोषण गरेका थिए । पहिरोका कारण मुग्लिन नारायणगढ सडक केही बेर अबरुद्ध हुन पुगेको थियो भने अहिले सडक दुवैतर्फ सुचारु रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.