संसदीय छानविन समिति काँग्रेसले अडान राखे अनुसार कै बन्छ- महामन्त्री थापा

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले संसदमा उठाएका माग बाध्य भएर सरकार र सत्तापक्षले मान्ने विश्वास व्यक्त गर्नुभएको छ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि संसदीय छानविन समिति बनाउन काँग्रेसले राखेको अडान पूरा भएरै छाड्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा महामन्त्री थापाले काँग्रेसले भने अनुसार नै संसदीय छानविन समिति बन्ने र कार्यादेश पनि काँग्रेसले अडान राखकै जसरी आउने बताउनुभएको हो ।
काँग्रेसले सहकारी छानविन समितिको टिओआरमा गृहमन्त्री लामिछाने र उहाँको नाम जोडिएका सहकारीहरु सबैको नाम उल्लेख गरेर छानविन अघि बढाउनुपर्ने अडान राख्दै आएको छ ।
यसैगरी, उहाँले प्रेस जहिले पनि प्रतिपक्ष अर्थात अल्पमतको पक्षमा हुनुपर्ने बताउनुभयो ।
सरकार र सत्तापक्षको ज्यादतीका विरुद्ध काँग्रेसले शुरु गरेको आन्दोलनमा प्रेस जगतको सहयोग जरुरी भएको उहाँको भनाइ थियो ।।
प्रतिक्रिया राख्नुहोस्