राजधानीमा काँग्रेसको विरोध प्रर्दशन

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीमा लाखौँको सङ्ख्यामा रहेका बचतकर्ताको अर्बौ रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आज राजधानीमा विरोध प्रदर्शनी गरेको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका विभिन्न वडाबाट आएको जुलुस प्रदर्शनी मार्गमा पुगेर आमसभामा परिणत भएको थियो । विरोध सभामा कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, कार्यकर्ता तथा भातृ संस्थाका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

सभामा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाबारे कांग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि कसैले प्रश्न नगर्न चेतावनी दिनुभएको छ । अन्यायमा परेका निमुखा तथा श्रमजीवी नागरिकको मुद्दालाई पार्टीले गहन ढङ्गले उठाउँदै आएको बताउँदै उहाँले कांग्रेसमाथि लगाइएको अलोकतान्त्रिकको आरोप आफूहरुलाई सह्य नहुने प्रतिक्रिया दिनुभयो ।

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बाँनिया र काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ लगायतले सहकारीको बचत अपचलनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पार्टीले उठाउँदै आएको संसदीय छानबिनको माग गर्नुभयो ।

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिनको माग गर्दै निरन्तर नाराबाजीका साथ संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.