महान्यायाधिवक्ता पोखरेल र गृहमन्त्री लामिछानेविरुद्ध रिट दर्ता

काठमाडौँ-  नेपाल सरकारका महान्याधिवक्ता दिनमणि पोखरेल र  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सोमबार अधिवक्ता अनुप भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो ।

रिटमा विपक्षी उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकुल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने भन्दै अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्न अन्तरिम आदेश वा उपयुक्त आदेश माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.